मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

दसैंमा ग्यास अभाव हुन नदिन काठमाडौं उपत्यकामा ६ स्थानबाट सिलिन्डर साटफेर, अतिरिक्त शुल्क नलाग्ने

meronepaltv
meronepaltv
45 मिनेट अगाडि
37
0
 दसैंमा ग्यास अभाव हुन नदिन काठमाडौं उपत्यकामा ६ स्थानबाट सिलिन्डर साटफेर, अतिरिक्त शुल्क नलाग्ने
सारांश

दसैंका बेला काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव हुन नदिन सरकारले आजदेखि उपत्यकाका ६ वटा स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साटफेरको व...

दसैंका बेला काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव हुन नदिन सरकारले आजदेखि उपत्यकाका ६ वटा स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साटफेरको व्यवस्था गरेको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार उपभोक्ताले जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सक्नेछन्।

यो व्यवस्था आजदेखि असोज ३१ गतेसम्म लागू हुनेछ। फरक ब्रान्डको सिलिन्डर साट्दा उपभोक्ताले कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। भरिएको ग्यासको तोकिएको मूल्य मात्र बुझाए पुग्ने व्यवस्था गरिएको छ।

संघले तोकेका ६ बिक्री केन्द्रमा विभिन्न ब्रान्डका ग्यास उपलब्ध गराइनेछ। जसअनुसार काठमाडौंको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्समा एभरेस्ट र सुगम ग्यास, पेप्सीकोलामा सगर ग्यास तथा बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यासको बिक्री तथा साटफेर हुनेछ।

त्यस्तै, सुकेधारामा बाबा र श्री ग्यास, कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

उपभोक्ताले यी केन्द्रमा बिहान ९ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म सिलिन्डर साट्न सक्नेछन्। जुनसुकै ब्रान्डको खाली सिलिन्डर दिएर भरिएको सिलिन्डर लिन पाउने भएपछि ग्यास लिन उपभोक्ताहरू बिहानैदेखि बिक्री केन्द्रमा लाइन लागेका छन्।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले दसैंका बेला सिलिन्डर साट्दा अतिरिक्त रकम तिर्नु नपर्ने व्यवस्थाले उपभोक्तालाई राहत पुग्ने बताएका छन्। उनले लाइनमा बसेका सबै उपभोक्तालाई ग्यास उपलब्ध गराएर पठाउने प्रयास गरिने पनि बताएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार