- by समाचार कक्ष
- Mar 06, 2025
विराटनगर (मोरङ), वैशाख १६ - मोरङको विराटनगर महानगरपालिका–९ स्थित पतञ्जलि रोडबाट प्रहरीले ठूलो परिमाणको खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ का २५ वर्षीय बाबु मियाँ र भारतको बिहार घर भएका ३० वर्षीय रोनी भन्ने मोहमद अब्दुल्ला रहेका छन्।
उनीहरूलाई वैशाख १४ गते नियन्त्रणमा लिइएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दुर्गाराज रेग्मीले जानकारी दिएका छन्। पक्राउ परेकाहरूको साथबाट १९१ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
हाल आरोपितहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखी अदालतबाट म्याद थप गरेर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।