- by समाचार कक्ष
- Jul 09, 2025
२४ पुस, काठमाडौं । बिहीबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । पुस १३ गते सुनले हालसम्मकै उच्च मूल्य कायम गर्दै प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १ सय रुपैयाँले घटेर ४ हजार ८३५ रुपैयाँमा झरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो ।