Wednesday, August 26, 2026

१,५९४ पदाधिकारी हटाइए, अझै अधिकांश पद रिक्त


सरकारले गत वैशाखमा विभिन्न बोर्ड, समिति र संस्थानका १ हजार ५ सय ९४ पदाधिकारीलाई अध्यादेशमार्फत पदमुक्त गरेको थियो। तर, तीमध्ये हालसम्म १९८ पदमा मात्रै नियुक्ति भएको छ।

पदाधिकारी रिक्त हुँदा विभिन्न सरकारी निकायको काम प्रभावित भएको छ। कतिपय आयोगका काम ठप्प छन् भने रजिस्ट्रार रिक्त रहेका संस्थाहरू बजेट, नीति तथा कार्यक्रम निर्माणमा समेत समस्यामा परेका छन्।

यसबीच भएका केही नियुक्तिमाथि भने प्रश्न उठेको छ। नियुक्ति प्रक्रिया र कानुनी योग्यता नमिलेको भन्दै अदालतले केही नियुक्ति बदरसमेत गरेको छ।

सर्वोच्च अदालतले भदौ ४ गते नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर गरेको थियो। कार्यकारी अध्यक्षका लागि ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने कानुनी व्यवस्था भए पनि त्यसविपरीत नियुक्ति गरिएको भन्दै अदालतले सरकारको निर्णय बदर गरेको हो।

यसअघि पनि नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा नियुक्त डा. दीपकप्रसाद बाँस्तोलाको नियुक्ति सर्वोच्चले बदर गरेको थियो। अदालतले योग्यता र छनोट प्रक्रिया नमिलेको भन्दै उक्त निर्णय खारेज गरेको थियो।

अध्यादेशमार्फत राजनीतिक नियुक्ति हटाएर नयाँ प्रक्रिया सुरु गर्ने सरकारको दाबी भए पनि नियुक्तिमा राजनीतिक हस्तक्षेप र ‘पिक एन्ड चुज’ भएको आरोपसमेत लागेको छ। अहिले पनि ठूलो संख्यामा पद रिक्त रहेकाले सरकारले बाँकी नियुक्ति कहिले र कसरी गर्छ भन्ने विषय चासोको विषय बनेको छ।

कहाँ, को नियुक्त भए ?

निकाय / संस्थानियुक्त पदाधिकारी तथा सदस्यहरू
भूमि समस्या समाधान समिति (तत्कालीन आयोग)अध्यक्ष: बलभद्र बास्तोला
सदस्य: अमिरप्रसाद न्यौपाने, पद्मनिधि सोती र रेहना श्रेष्ठ
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिअध्यक्ष: डिल्लीराज आचार्य
सदस्य: नवराज सिंखडा, रोशनबहादुर शाक्य र खेटराज दाहाल
राष्ट्रिय योजना आयोगउपाध्यक्ष: गुणाकर भट्ट
सदस्य: अर्जुनजंग थापा, सञ्जय आचार्य, देवेन्द्र गौचन, रेशु अर्याल, सुदन झा, पुकार मल्ल
बागमती सभ्यता एकीकृत विकास समितिअध्यक्ष: आनन्दसिंह भाट
नेपाल नागरिक उड्डयन प्राधिकरणमहानिर्देशक: मुकेश डंगोल
सुरक्षण मुद्रण कोष / केन्द्रकार्यकारी निर्देशक: देवराज ढुंगाना
सार्वजनिक सेवा प्रसारण संस्थासदस्य: उर्वशी बस्न्यात, शोभिता रिसाल
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTVT)सदस्य: डा. अमृता शर्मा, विरेन्द्रराज पाण्डे, डा. दिपेश्वरमान श्रेष्ठ, प्रमिला राना
नेपाल रेडक्रस सोसाइटीतदर्थ समिति अध्यक्ष: विशालकुमार भण्डारी
लेखामान बोर्डअध्यक्ष: रमेशकुमार धिताल
नेपाल धितोपत्र बोर्डअध्यक्ष: गोपालप्रसाद भट्ट
सार्वजनिक खरिद पुनरवलोकन समितिअध्यक्ष: सुशीलचन्द्र तिवारी
सदस्य: महेश अर्याल, थानेश्वर गौतम
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिकार्यकारी निर्देशक: धर्मराज खड्का
गोरखापत्र संस्थानमहाप्रबन्धक: हिक्मतबहादुर रावल
काठमाडौं उपत्यका विकास प्राधिकरणआयुक्त: सुरज शाक्य
नेपाल दूरसञ्चार प्राधिकरणअध्यक्ष: अर्जुन घिमिरे
सदस्य: गोपाल प्रधान, अनन्त मल्लिक, निलमकुमार ओझा, सुजिता श्रेष्ठ
प्रेस काउन्सिल नेपालअध्यक्ष: उमेश श्रेष्ठ
सदस्य: प्रकाश माथेमा, नम्रता शर्मा, रविराज बराल, उपासना घिमिरे
नेपाल वायुसेवा निगमअध्यक्ष तथा महाप्रबन्धक: महेश्वरभक्त श्रेष्ठ (अदालतबाट खारेज)
विद्युत् नियमन आयोगअध्यक्ष: रामप्रसाद धिताल
सदस्य: जयराज भण्डारी, लोकराज पाठक र बलराम सिलवाल
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकार्यकारी प्रमुख: धर्मराज उप्रेती
गुठी संस्थानप्रशासक: शैलेशराज कुँवर
विश्वविद्यालय अनुदान आयोगअध्यक्ष: खड्गबहादुर केसी
सचिव: रोजी श्रेष्ठ
सदस्य: रेशु अर्याल ढुंगाना
लगानी बोर्डकार्यकारी अधिकृत: यांकी उक्याब
नेपाल आयल निगमकार्यकारी निर्देशक: नागेन्द्र साह
वैदेशिक रोजगार बोर्डकार्यकारी निर्देशक: निर्मलकुमार उप्रेती
त्रिभुवन विश्वविद्यालयउपकुलपति: भोला थापा
त्रिवि सेवा आयोगअध्यक्ष: किशोर थापा
सदस्य: रेजिना मास्के
नागरिक लगानी कोषकार्यकारी निर्देशक: पर्वतकुमार कार्की
राष्ट्रिय चिया तथा कफी विकास बोर्डउपाध्यक्ष: आदित्य पराजुली
पशुपति क्षेत्र विकास कोषसदस्य सचिव: तीर्थ श्रेष्ठ
कोषाध्यक्ष: गंगासागर बानियाँ
सदस्य: केदारमान भण्डारी, रूपा शाही बाँस्तोला, राम सोभित नायक, संगिताकुमारी राम
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)उपकुलपति: प्रा. डा. जनार्दन लामिछाने
नेपाल स्काउटप्रमुख आयुक्त: सन्तोषकुमार थापा
नेपाल इन्जिनियरिङ परिषद्रजिस्ट्रार: ध्रुवराज भट्टराई
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयउपकुलपति: प्रा. डा. सुनिलकुमार जोशी
रजिस्ट्रार: डा. भीमबहादुर चन्द
नेपाल संस्कृत विश्वविद्यालयउपकुलपति: भीमप्रसाद खतिवडा
मध्यपश्चिम विश्वविद्यालयउपकुलपति: राजन सुवाल
पूर्वाञ्चल विश्वविद्यालयउपकुलपति: सुजनबाबु मरहट्ठा
सुदूरपश्चिम विश्वविद्यालयउपकुलपति: किसनदत्त भट्ट
पोखरा विश्वविद्यालयउपकुलपति: देवेन्द्र अधिकारी
राजर्षि जनक विश्वविद्यालयउपकुलपति: श्यामनारायण लाभ
कृषि तथा वन विश्वविद्यालयउपकुलपति: ऋषिराम कट्टेल
काठमाडौं विश्वविद्यालयउपकुलपति: विवेक बराल
चिकित्सा शिक्षा आयोगउपाध्यक्ष: डा. देवेन्द्र खत्री
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्अध्यक्ष: डा. सुधा बस्नेत
उपाध्यक्ष: डा. नारायणबहादुर महोत्रा
सदस्य: गणेश दंगाल, सन्तोषकुमार ठाकुर, सतिशकुमार देव, धर्मागत भट्टराई, रबा थापा
नेपाल नर्सिङ परिषद्अध्यक्ष: सकुन्तला प्रजापति
उपाध्यक्ष: बिमलाकुमारी साह
रजिस्ट्रार: पार्वती विष्ट
नेपाल स्वास्थ्य व्यवसायी परिषद्अध्यक्ष: सगुन पौडेल
रजिस्ट्रार: रमेश श्रेष्ठ
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनिर्देशक: आशिष गोविन्द अमात्य
नेपाल फार्मेसी परिषद्अध्यक्ष: कादिर आलम
रजिस्ट्रार: डा. हरिश सिंह थापा
स्वास्थ्य बीमा बोर्डअध्यक्ष: सुवास प्याकुरेल
नेपाल मेडिकल काउन्सिलअध्यक्ष: डा. ढुन्डिराज पौडेल
रजिस्ट्रार: डा. सुप्रभात श्रेष्ठ
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर)उपकुलपति: डा. विवेक आचार्य
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानउपकुलपति: डा. नवीसमान सिंह प्रधान
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानउपकुलपति: डा. स्मृति कार्की
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानउपकुलपति: डा. नारायणसिंह गुरुङ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानउपकुलपति: डा. सूर्यमान म्याहाङम्बो
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानउपकुलपति: डा. अजयकुमार मिश्र
नेपाल प्रज्ञा प्रतिष्ठानकुलपति: कुमार नगरकोटी
उपकुलपति: अविनाश श्रेष्ठ
सदस्य सचिव: रोशन शेरचन
सदस्यहरू: प्रतिसरा मानन्धर, डा. कृष्णराज चौधरी, सीता सुब्बा, तिर्थबहादुर गुरुङ, रुपा कुमारी, नविन नेपाली, दिपक सापकोटा, दुर्गाबहादुर घर्ती
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकुलपति: एरिना ताम्राकार
उपकुलपति: चन्द्रश्याम डंगोल
सदस्य सचिव: कैलाशकुमार श्रेष्ठ
सदस्यहरू: जुपिटर प्रधान, कुबिर देवान, संगी श्रेष्ठ, ध्रुवराज शर्मा, ओमप्रकाश यादव
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकुलपति: ब्रजेश खनाल
उपकुलपति: झुमा बनेम
सदस्य सचिव: भूपेन्द्र सिंह रायमाझी
सदस्यहरू: छेन्दोक हाङ्ग राई, जीतबहादुर देउजा, सुबिमा श्रेष्ठ, सरस्वती चौधरी, राजन मुकारुङ, रेखा शाह गुरुङ
राष्ट्रिय खेलकुद परिषद् (राखेप)उपाध्यक्ष: विशाल श्रेष्ठ
सदस्यहरू: मोनालिसा खम्बु, सिक्का सुवाल श्रेष्ठ, शक्तिप्रसाद गौचन, पवन शाही

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like