Wednesday, August 26, 2026

प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाध्यक्ष सेठबीच भेटवार्ता


प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाध्यक्ष सेठबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी चासोका विषयमा छलफल भएको जनाइएको छ । भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए ।

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष सेठ चारदिने भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन् ।

भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ ।

सोमबार नै प्रधान सेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो । उक्त भेटमा दुई देशबीचको सैन्य सम्बन्ध तथा पारस्परिक सहकार्यका विषयमा छलफल भएको थियो ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like