Thursday, January 15, 2026

कारबाहीपछि गगन थापा बोलेः ‘देउवालाई कुरा बुझाउन सकिनँ’


३० पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई आफ्नो धारणा बुझाउन असफल भएको बताएका छन् । देउवा पक्षले आफूसहित नेताहरूमाथि कारबाही गरेपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

थापाका अनुसार सभापति देउवाले आज बिहानसमेत ‘वैशाखमा नियमित महाधिवेशन हुन्छ, त्यही बेला सभापति बन्नू’ भन्दै आफूलाई सम्झाउने प्रयास गरेका थिए । तर, आफूले उठाइरहेको विषय व्यक्तिको पद वा चुनावभन्दा फरक रहेको उनले स्पष्ट पारे ।

‘मैले उहाँलाई कुरा बुझाउनै सकिनँ । म अहिले महामन्त्री छु, विश्वप्रकाश शर्मा पनि महामन्त्री हुनुहुन्छ,’ थापाले भने, ‘हामी पार्टीकै संसदीय संरचनाभित्र छौं । चुनाव लड्ने कुरा गर्दा पनि साथीहरूले मेरो क्षेत्रमा आउन आग्रह गरेका छन्, माया गरेका छन् । हाम्रो विषयमा चिन्ता के हो ?’

थापाले अहिलेको संघर्ष व्यक्तिगत स्वार्थका लागि नभएको जिकिर गरे । ‘हाम्रो बारेमा चिन्ता होइन । हामी त जोखिम उठाउन खोज्दैछौं,’ उनले भने ।

उनको भनाइले पार्टीभित्रको मतभेद पद र व्यक्तिभन्दा बढी राजनीतिक दिशा र प्रक्रियासँग जोडिएको संकेत गरेको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like