Thursday, April 30, 2026

जलेका गाडीको नाममा इन्धन दुरुपयोग प्रकरण : मन्त्री मेहताद्वारा छानबिन र कारबाहीको कडा निर्देशन


काठमाडौं, १५ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगको घटनाबारे गम्भीर चासो व्यक्त गर्दै विस्तृत छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएकी छिन्।

जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा जलेर काम नलाग्ने अवस्थामा पुगेका सवारी साधनको नाममा समेत इन्धन सुविधा लिइएको तथ्य सार्वजनिक भएपछि मन्त्री मेहताले प्रशासन सचिव डिल्लीराम शर्मालाई तत्काल अनुसन्धान अघि बढाउन निर्देशन दिएकी हुन्।

उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ वटा र मातहतका निकायका थप ६ वटा गरी कुल २४ सवारी साधनमा क्षति पुगेको थियो। तर, ती सवारी साधन प्रयोगमा नरहे पनि कर्मचारीहरूले तिनैको विवरण देखाएर इन्धन लिँदै आएको पाइएपछि यो प्रकरण बाहिर आएको हो।

मन्त्री मेहताले सार्वजनिक स्रोतको दुरुपयोग कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता नहुने बताएकी छिन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like