Thursday, January 15, 2026

हर्क साम्पाङको श्रम संस्कृति पार्टीद्वारा चुनावी तयारी तीव्र, फागुन २१ को चुनावका लागि धमाधम टिकट वितरण


३० पुस, धरान । प्रधानमन्त्री बन्ने घोषणा गर्दै श्रम संस्कृति पार्टी गठन गरेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन र टिकट वितरण तीव्र बनाएका छन् ।

पार्टी अध्यक्ष साम्पाङले उम्मेदवारहरूलाई धरानमै बोलाएर पार्टीको सम्पर्क सचिवालयबाट प्रत्यक्षतर्फका टिकट वितरण गर्दै जिल्लातर्फ पठाइरहेका छन् । महासचिव आरेन राईका अनुसार कोशी प्रदेश (प्रदेश नं. १) र बागमती प्रदेश (प्रदेश नं. ३) का अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगिसकेका छन् भने बाँकी क्षेत्रहरूमा पनि छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

‘देशभर प्रत्यक्षतर्फ उम्मेदवारी दिने हाम्रो तयारी छ,’ महासचिव राईले बताए ।

पार्टीले हालसम्म विभिन्न जिल्लामा निम्न व्यक्तिहरूलाई प्रतिनिधिसभा उम्मेदवारका रूपमा टिकट दिएको छः

धनकुटा – सानबहादुर राई
काठमाडौं–१ – समीर तामाङ
काठमाडौं–७ – मणिराम प्रधान
झापा–१ – केबलराम राई
झापा–२ – केशब भण्डारी
झापा–३ – दीपक तिम्सिना
झापा–४ – अमृता राई
रामेछाम – ढालबहादुर मगर
ताप्लेजुङ – सन्तोष राई
पाँचथर – ब्रबिम शेर्मा
संखुवासभा – उमा राई
उदयपुर–२ – बलराज राई
भोजपुर – ध्रुब राई
मोरङ–१ – शान्ति पाख्रिन
सोलुखुम्बु – बियस राई

श्रम संस्कृति र प्रत्यक्ष नेतृत्वलाई केन्द्रमा राख्दै अघि बढेको दाबी गरेको यो पार्टीले आगामी निर्वाचनमा नयाँ राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like