Wednesday, August 26, 2026

बालिका हत्या विरोधमा वीरगञ्ज–पथलैया सडक अवरुद्ध, स्थानीयको प्रदर्शन जारी


४ भदौ, बारा । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या विरोधमा वीरगञ्ज–पथलैया सडकखण्डमा जारी अवरोध बिहीबार पनि हट्न सकेको छैन ।

दोषीलाई कडा कारबाही गर्नुपर्ने र इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलिप क्षेत्रीलाई निलम्बन गर्नुपर्ने माग राख्दै स्थानीयले सिमरामा प्रदर्शन गरिरहेका छन् । बुधबार दिउँसोदेखि सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको छ ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार सडक खुलाउने विषयमा बुधबार पटकपटक छलफल भए पनि आन्दोलनरत पक्षले डीएसपीलाई निलम्बन गर्नुपर्ने माग राखेपछि सहमति जुट्न सकेन ।

स्थानीयले बालिका हराएको जानकारी समयमै गराउँदा पनि प्रहरीले खोजीमा पर्याप्त चासो नदिएको आरोप लगाएका छन् । उनीहरूले प्रहरीको नेतृत्व परिवर्तनको समेत माग गरेका छन् ।

बालिका हराएको तीन दिनपछि मंगलबार साँझ शव भेटिएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ । परिवारले शव भेटिनुअघि नै ती व्यक्तिविरुद्ध किटानी जाहेरी दिएको जनाएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like