गोरखाको सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडमा बूढीगण्डकी नदीको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आयोजनाका ९ वटा ब्लक र ६ वटा सार्वजनिक भवन बगाएको प्रारम्भिक सूचना प्राप्त भएको छ।
आयोजनामा कार्यरत १८ जना कर्मचारीले स्थानीयबाट बाढी आउन लागेको सूचना पाएपछि सुरक्षित अग्लो स्थानमा पुगेर ज्यान जोगाएका छन्। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जानकारी दिएका छन्।
बाढी प्रभावित क्षेत्रमा मानवीय क्षति हुन नदिन नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिइएको प्राधिकरणले जनाएको छ।
यसअघि नेपाली सेनाको हवाई टोलीले गोरखाको जगत क्षेत्रबाट बाढी तथा पहिरोको जोखिममा परेका ६ जनाको हवाई उद्धार गरिसकेको छ। काठमाडौंलगायत स्थानबाट सुरक्षाकर्मीको टोली परिचालन गरी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी राखिएको छ।